जोडिनुहोस
  • होमपेज
  • राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रमः तेइस वर्षमा ६ अनुसन्धान

राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रमः तेइस वर्षमा ६ अनुसन्धान

धनकुटा । नेपाल कृषि अनुसन्धान परिषद्, राष्ट्रिय सुन्ताला जात अनुसन्धान कार्यक्रम धनकुटाले ६ वटा अमिलो जातको अनुसन्धान पूरा गरेको छ । सम्पूर्ण अमिलो फलफूलको अनुसन्धान सुरुआत गरेको २३ वर्षमो ती अनुसन्धान पूरा गरेको हो ।

विसं २०१८ मा धनकुटा नगरपालिकाको वडा नं १० पारिपात्लेमा सुन्तला बाली अनुसनधान केन्द्रका रूपमा स्थापित सो केन्द्रलाई २०५७ सालपछि सम्पूर्ण अमिलो जात फलफूलको अनुसन्धानको जिम्मा दिइएको थियो । केन्द्रले हालसम्म तीनरतीन सुन्तला र कागतीको अनुसन्धान पूरा गरेर खेतीका लागि सिफारिस गरेको कार्यालयका प्रमुख डा।उमेश आचार्यले जानकारी दिए ।

यी सुन्तला र कागती यसअघि नै किसानले पारम्परिकरूपमा व्यावसायिक खेती गर्दै आए पनि विभिन्न अनुसन्धानपछि अनुसन्धानले आधिकारिकरूपमा भौगालिक आधार तोकेर खेतीका लागि सिफारिस गरेको हो । सिफारिस गरिएका जातको व्यावसायिक खेती गर्दा बैंकिङ कर्जा, बाली बीमा,अनुदानजस्ता सेवा–सुविधा लिन किसानलाई सहज हुने उनले जानकारी दिए ।

कार्यालयले विसं २०७२ मा एक सय मिटरदेखि एक हजार मिटर उचाइसम्म तराई क्षेत्रका लागि ‘सुन कागती १’ र ‘सुन कागती २’ को अनुसन्धान पूरा गरेको थियो । त्यस्तै कार्यालयले विसं २०७५ मा एक हजारदेखि एक हजार छ सय मिटर उचाइसम्मका लागि ‘तेह्रथुम स्थानीय’ कागतीको अनुसन्धान पूरा गरेको थियो ।

यसै वर्ष सोही उचाइका लागि खोकू सुन्तलाको अनुसन्धान पूरा गरेको कार्यालयले गत वर्ष यसै उचाइमा खेती गर्न गण्डकी प्रदेशका लागि ‘बाँस खर्क स्थानीय’ सुन्तलाको अनुसन्धान पूरा गरेको छ । त्यस्तै यो वर्ष कार्यालयले आठ सयदेखि एक हजार चार सय मिटरसम्म खेती गर्नका लागि पात्ले अगौटे जात सुन्तलाको अनसुन्धान पूरा गरेको छ ।

निकट भविष्यमा नै सिन्धली र रामेछाप जिल्लाका लागि नौ सयदेखि एक हजार पाँच सय मिटरसम्म खेतीका लागि ‘सिन्धुली स्थानीय’ जुनार जातको सिफारिस गर्न लागिएको डा आचार्यले जानकारी दिए ।

देश सङ्घीयतामा गएसँगै विसं २०७५ पछि नीतिगत समस्याका कारण अनुसन्धानको कर्मचारी दरबन्दी परिपूर्ति हुन नसक्दा अनुसन्धान प्रभावित भएको उनले जानकारी दिए । “सैतीस जनाको दरबन्दीमा छजनाले काम गर्नुपर्दा कार्यक्रम प्रभावित भएको छ”, उनले भने, “१३ जनाको प्राविधिक टोलीमा म एक्लो छु, अफिसमा बस्नु कि किसान कहाँ जानु रु”
आवश्यकतानुसारको सबै दरबन्दी भएको भए हालसम्म १५ देखि १७ जातसम्मको अमिलो फलफूलको अनुसन्धान सकिने उनको भनाइ थियो । चार सय रोपनी क्षेत्रफलमा फैलिएको यस केन्द्रले हाल एक सय ५४ जातको अमिलो फलफूलको अनुसन्धान गर्ने क्रममा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका