जोडिनुहोस
  • होमपेज
  • ताइवानद्वारा हवाई रक्षा क्षमताको लागि अमेरिकासँग ४२० मिलियनको सम्झौता

ताइवानद्वारा हवाई रक्षा क्षमताको लागि अमेरिकासँग ४२० मिलियनको सम्झौता

वासिङ्टन— ताइवान र अमेरिकाले चीनले आफ्नो मान्ने स्वशासित टापुमा सञ्चालित लडाकू विमानको मर्मतसम्भार गर्न करिब ४२० मिलियन अमेरिकी डलर बराबरको दुईवटा सम्झौतामा हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार मार्च २०२८ सम्म चल्ने पार्ट्स ठेक्काका लागि लगभग ३२३ मिलियन अमेरिकी डलर विनियोजन गरिनेछ । सम्झौताहरू आइतबार हस्ताक्षर गरिएको भ्याइस अफ अमेरिकाले लेखेको छ।

ताइवानले आफ्नो हवाई क्षेत्र सुरक्षित गर्न र सम्भावित चिनियाँ आक्रमणको लागि तयारी गर्न हवाई रक्षा क्षमताको लागि अमेरिकामा भर परेको छ।

चीनले हालैका वर्षहरूमा यस टापुलाई मुख्य भूमि चीनसँग एकीकरण गर्न बाध्य पार्न सैन्य दबाब बढाउँदै आएको छ।

कागजातहरूका अनुसार, ताइवानका आधाभन्दा बढी विमानहरू पूर्ण रूपमा मिशन गर्न सक्षम छन् र ताइवानी अधिकारीहरूले ूक्षेप्यास्त्र प्रक्षेपणहरू सही रूपमा पत्ता लगाउू आफ्नो वायु सुरक्षाको क्षमतामा शंका गर्छन्। कागजातहरूले यो पनि भनेका छन् कि ताइवानले विमानहरूलाई आश्रयस्थलहरूमा सार्न केही दिन लाग्न सक्छ, जसले तिनीहरूलाई चिनियाँ मिसाइलहरूको लागि कमजोर बनाउँछ।

सेन्टर फर द स्टडी अफ चाइनिज मिलिटरी अफेयर्सका निर्देशक फिलिप सान्डर्सले ताइवानका लागि एयर डिफेन्स ठूलो समस्या हुने भएको छ किनभने यसको एयरफिल्ड र रडार सबै चीनको भूमिमा आधारित क्षेप्यास्त्रको दायरामा छन्।

ग्लोबल फायरपावर एण्ड फोर्सका अनुसार चिनियाँ सेनासँग ३,००० भन्दा बढी विमान र वायुसेनामा झण्डै ४,००,००० मानिस छन्। ताइवानसँग ७०० भन्दा बढी विमान र ३०,००० भन्दा बढी वायुसेना छन्। विज्ञहरूका अनुसार ताइवानका लागि सबैभन्दा महत्त्वपूर्ण हवाई खतरा मानवरहित हवाई सवारी वा छोटो दूरीका ब्यालिस्टिक मिसाइलहरूको ठूलो झुण्डबाट आउन सक्छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका