जोडिनुहोस
  • होमपेज
  • ३ लाख ८० हजारको चेक र २ लाख नगद घुस सहित २ जना पक्राउ

३ लाख ८० हजारको चेक र २ लाख नगद घुस सहित २ जना पक्राउ

सप्तरी– घुस लिएको आरोपमा सप्तरीमा एक जना लेखापाल र एक जना कम्प्युटर अपरेटर पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार बिहान सप्तरीको विष्णुपुर गाउँपालिकाका लेखापाल टेकनारायण यादव र कम्प्युटर अपरेटर वीरेन्द्र यादवलाई घुसको रकम लिँदै गर्दा राजविराजबाट नियन्त्रणमा लिएको छ ।

लेखापाल टेकनारायण विष्णुपुर गाउँपालिकासँगै सप्तरी जिल्ला अदालतका लेखापाल समेत हुन् । अख्तियारले उनीहरुको साथबाट २ लाख नगद, ३ लाखको मुक्तिनाथ बैंकको चेक, ८० हजारको एभरेष्ट बैंकको चेक सहित नियन्त्रणमा लिएको हो ।

आयोगको इटहरीस्थित कार्यालयका प्रवक्ता निरज देवले लेखापाल र अपरेटर पक्राउ गरिएको जानकारी आए पनि थप विवरण आइरहेको र त्यसपछि मात्र विस्तृत आउने वताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका