जोडिनुहोस
  • होमपेज
  • मौसमः कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

मौसमः कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशका सातै प्रदेशमा हाल वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले हाल गण्डकी प्रदेशको धेरै स्थान, कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थान र बाँकी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको हो ।

महाशाखाकाअनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर ९ नेपाल नजिक० छ।

आज दिउँसो देशभर आँशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागको केही स्थान र बाँकी भू-भागको थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। साथै कोशी र बागमती प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति कोशी, मधेस र गण्डकी प्रदेशको केही स्थान तथा बाँकी थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जनरचट्याङ्सहित भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

भोलि सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै गण्डकी प्रदेशका एक(दुई स्थानमा भारी वर्षा हुनेछ भने कोशी, मधेस र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना छ।

राति कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षा हुनेछ । बागमती र गण्डकी प्रदेशका एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्सहित भारी वर्षाको सम्भावना छ। मधेस, गण्डकी र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा भने हावाहुरी चल्ने महाशाखाले जनाएको छ ।

शनिबार देशभर आँशिकदेखि सामान्य बदली भई पहाडी भू-भागको केही स्थान र बाँकी भू-भागको थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

राति कोशीलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका