जोडिनुहोस
  • होमपेज
  • यात्रुवाहक बसमा आगो लाग्दा जलेर २० जनाको मृत्यु, पन्ध्र घाइते

यात्रुवाहक बसमा आगो लाग्दा जलेर २० जनाको मृत्यु, पन्ध्र घाइते

काठमाडौं।पाकिस्तानको पञ्जाबमा यात्रुवाहक बसमा आगलागी हुँदा २० जनाको मृत्यु भएको छ । घटनामा १५ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ ।

पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको हाफिजाबाद जिल्लामा आइतबार बिहान यात्रुवाहक बसले इन्धन बोकेको अर्को गाडीलाई ठक्कर दिँदा बसमा आगो लागेको थियो ।

फैसलाबाद टोल प्लाजाको राजमार्गमा बिहानै भएको दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथ उद्धारकर्मी घटनास्थलमा पुगेर घाइतेको उद्धार गरेका थिए । उद्धार सेवाका अधिकारीका अनुसार बसमा करिब ४० यात्रु सवार थिए ।

दुर्घटनाग्रस्त बस देशको दक्षिणी बन्दरगाह शहर कराँचीबाट संघीय राजधानी इस्लामावादतर्फ गइरहेको थियो । दुवै सवारी साधनका चालकको दुर्घटनामा मृत्यु भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका