जोडिनुहोस
  • होमपेज
  • इराकमा ३०० बढीको ज्यान लिने गरी बम विस्फोट गराउने ३ जनालाई फाँसी

इराकमा ३०० बढीको ज्यान लिने गरी बम विस्फोट गराउने ३ जनालाई फाँसी

काठमाडौं । ३०० भन्दा बढी मानिसको ज्यान लिने गरी २०१६ मा बग्दादमा बम विस्फोट गराउने तीन जनालाई इराकमा मृत्युदण्ड दिइएको छ ।

त्यो घटना २००३ मा अमेरिकी नेतृत्वमा भएको आक्रमणपछि बै सबभन्दा घातक थियो । घटनाको इस्लामिक स्टेट समूह (आईएस)ले जिम्मा लिएको थियो ।

इराकका प्रधानमन्त्री मोहम्मह शिया अल सुदानीको कार्यालयले फाँसी दिइएका व्यक्तिहरु कोको हुन् र उनीहरुलाई कहिले फाँसी दिइयो भन्ने बताएको छैन । प्रधानमन्त्रीले पीडित परिवारलाई बम आक्रमणमा संलग्नहरुलाई उचित सजाय दिइएको जानकारी दिएको कार्यालयले जनाएको छ ।

सरकारी स्रोतले समाचार एजेन्सी एएफपीलाई बताएअनुसार फाँसी दिइएकामध्ये एक आईएसका मास्टरमाइण्ड मानिने गजवान अल जौबाई पनि छन् । उनी २०२१ मा पक्राउ परेका थिए ।

३ जुलाई २०१६ मा इराकी राजधानीको मुख्य शिया मुस्लिम क्षेत्र कर्राडाको शपिङ सेन्टर नजिककै विस्फोटक पदार्थले भरिएको एक सवारीमा विस्फोट गराइएको थियो । त्यो समयमा रमजानका लागि आफ्नो दैनिक उपवास तोडेपछि रातको समय मानिसहरु त्यहाँ जम्मा भएका थिए ।

बम विस्फोटपछि भवनमा आगो लागेको थियो, जसमा परेर मानिसहरुले ज्यान गुमाए । यो घटनापछि तत्कालीन आन्तरिक मामिलामन्त्री मोहम्मद गब्बनले राजीनामा दिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

धेरै टिप्पणी गरिएका