जोडिनुहोस
  • होमपेज
  • अमेरिकामा भीषण आगलागीमा परी मृत्यु हुनेको संख्या ९३ पुग्यो

अमेरिकामा भीषण आगलागीमा परी मृत्यु हुनेको संख्या ९३ पुग्यो

अमेरिकाको जंगलमा लागेको भीषण डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । एक साता देखी लागेको डढेलोमा परेर अहिलेसम्म मृत्यु हुनेको संख्या ९३ पुगेको अधिकारीहरूले जनाएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकाको हवाईको जंगलमा लागेको आगलागीका कारण अहिलेसम्म ९३ जनाको मृत्यु भएको पुष्टि भएको छ । स्थानीय प्रहरी अधिकारीका अनुसार मृत्यु हुनेको संख्या अझै बढन सक्ने छ ।

सो आगलागीको चपेटामा परी सयौं घाइते समेत भएका छन् । अमेरिकाको जंगलमा विगत १०० वर्षमा लागेको यो सबैभन्दा भयानक आगो हो ।

हवाईका गभर्नरले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने आशंका व्यक्त गरेका छन् । माउई र लाहैना जस्ता सहरमा २२ सयभन्दा बढी घरहरु जलेका छन भने सयौं सवारी साधान पनि आगजानीका कारण ध्वस्त भएका छन् ।

बिजुली तथा खानेपानीसमेत नहुदाँ मानिसहरूको दैनिक जीवन थप कष्टकर भएको छ । अधिकांस मानिसले घर छाडेर हिडेका छन् ।

हवाईमा आगलागीका कारण ४९ लाख ७७ हजार करोडको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । गभर्नरका अनुसार हरेक दिन करिब १५ हजार मानिसले आफ्नो घर छाड्नुपरेको छ ।

हवाई राज्यमा भएको भीषण आगलागी कारण सयौं भौतिक संरचनामा ध्वस्त भए पछि राष्ट्रपति जो वाइडेनले संघीय सरकारले पुनर्निमार्णमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । डढेलो निभाउनका लागि हरसम्भवः प्रयास गर्न निर्देशनसमेत दिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका