जोडिनुहोस
  • होमपेज
  • शान्तिबाटीकामा काठमाडौं महानगरको ताला,धर्नामा बसेकाहरूलाई हटाइयो

शान्तिबाटीकामा काठमाडौं महानगरको ताला,धर्नामा बसेकाहरूलाई हटाइयो

काठमाडौं।महानगरीय प्रहरीले काठमाडौंको शान्तिबाटीकामा धर्नामा बसेकाहरूलाई हटाएको छ ।

मंगलबार शान्तिबाटीकामा धर्नामा बसेकाहरूको सबै सामानहरू निकालेर उनीहरूलाई धर्नास्थलबाट हटाएको हो । काठमाडौंको माइतिघरबाट हटाएपछि बिभिन्न समूहहरू शान्तिबाटीकामा धर्ना बस्दै आएका थिए भने केही समूह सोही स्थानमा टेन्ट राखेर खाने सुत्ने गर्दै आएका थिए ।

शान्तिबाटीकामा धर्नाका साथै बसोबासको स्थान बनाएको र त्यसका कारण रानीपोखरी र शान्तिबाटीका क्षेत्रमा फोहर भएकाले हटाइएको काठमाडौं महानगरले जनाएको छ । धर्नाका बसेकाहरूले भने महानगरको कदमको विरोध जनाएका छन् । राज्यलाई आफूहरूको मागका बारेमा जानकारी गराउन धर्नामा बस्दा बिना जानकारी हटाइएको उनीहरूको भनाइ छ ।

उनीहरूले महानगरले आफ्ना सामान जफत गरेको भन्दै आक्रोश जनाएका छन् । धर्नामा बसेकाहरूलाई हटाएपछि महानगरले शान्तिबाटीकामा ताला लगाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका