जोडिनुहोस
  • होमपेज
  • भारतको सुर्य मिशन आदित्य एल-१ ले खिच्यो सेल्फी

भारतको सुर्य मिशन आदित्य एल-१ ले खिच्यो सेल्फी

नयाँदिल्ली । भारतले सूर्यको अध्ययन गर्न प्रक्षेपण गरेको आदित्य एल–१ ले खिचेको सेल्फी भारतीय अन्तरिक्ष अध्ययन केन्द्र (इसरो) ले सार्बजनिक गरेको छ ।

आदित्य एल – १ ले सेप्टेम्बर ४ मा सेल्फी तथा एउटै फ्रेममा पृथ्वी र चन्द्रमा को तस्बीर खिचेको भन्दै इसरोले विहिबार सार्बजनिक गरेको छ ।

सुर्यको थप अध्ययन गर्ने मिशन अन्तर्गत भारतले आदित्य एल(१ यहि भदौं १६ गते प्रक्षेपण गरेको थियो ।

सूर्यको अध्ययनका लागि प्रक्षेपण गरिएको भारतको यो पहिलो सूर्ययान हो । आदित्य एल–१को सहयोगमा अन्तरिक्षमा अनुसन्धान कक्ष स्थापना गरिने भारतीय अन्तरिक्ष अध्ययन केन्द्र (इसरो) ले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका