जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्री प्रचण्ड भदौ ३० मा न्युयोर्क जाने, असोज ४ गते महासभालाई सम्बोधन गर्ने

प्रधानमन्त्री प्रचण्ड भदौ ३० मा न्युयोर्क जाने, असोज ४ गते महासभालाई सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आगामी भदौ ३० मा न्युयोर्क जाने भएका छन् । उनी असोज ४ गतेसम्म न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजना हुन गइरहेको ७८औँ संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुने भएका छन् ।

प्रधानमन्त्री प्रचण्डले असोज ४ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । भ्रमणमा परराष्ट्रमन्त्री एनपी साउदसँगै प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागी, मुख्य सचिव बैकुण्ठ अर्याल, परराष्ट्र सचिव भरतराज पौड्याललगायत जाने भएका छन् ।

प्रधानमन्त्री प्रचण्डले विभिन्न मित्रराष्ट्रका राष्ट्रप्रमुख, सरकार प्रमुख तथा प्रतिनिधिमण्डलका नेताहरुसँग भेटवार्ताको कार्यक्रम तय गरिएको छ । प्रचण्ड अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने रात्रीभोजमा सरिक हुने कार्यक्रम छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका