जोडिनुहोस
  • होमपेज
  • माछा मार्दा करेन्ट लागेर एक जनाको मृत्यु

माछा मार्दा करेन्ट लागेर एक जनाको मृत्यु

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–६ स्थित रसखोलामा माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ । ३६ वर्षीय यम बहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका इन्स्पेक्टर पावल सिंह लामाले जानकारी दिए ।

शुक्रवार बिहान यम बहादुरसँगै माछा मार्न गएका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वालिङ–६ बस्ने तिल बहादुर थापा क्षेत्री, पाल्पा घर भएका दीपेन्द्र अधिकारी, पर्वत घर भएका अनिल चौधरी र कञ्चनपुर घर भएका ६० वर्षीय बलदेव राना छन् ।

प्रहरीले पक्राउ परेकाहरूको साथबाट माछा मार्न प्रयोग गरिने तार, रड र बाँसको घाटा बरामद गरेको छ ।

मृतकको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा पठाइएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका