जोडिनुहोस
  • होमपेज
  • मैत्रीपूर्ण खेलमा नेपाल र म्यानमार भिड्दै

मैत्रीपूर्ण खेलमा नेपाल र म्यानमार भिड्दै

काठमाडौं । दुई अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलका लागि म्यानमारमा रहेको नेपाली टोलीको पहिलो खेल आज शुक्रबार रहेको छ ।

पहिलो मैत्रीपुर्ण खेलमा नेपालले घरेलु टोली म्यानमारको सामना गर्दैछ । पाहुना टोली र घरेलु टोलीबीचको खेल नेपाली समय अनुसार अपरान्ह सवा ४ मा रहेको छ ।

खेल म्यानमारको राजधानी याङ्गुनस्थित थुवुन्ना स्टेडियममा हुनेछ ।

फिफाको हालको वरीयतामा म्यानमार १ सय ६० औं स्थानमा रहेको छ । वरीयतामा नेपाल भने १ सय ७५ औं स्थानमा छ ।

म्यानमारसँग हालसम्म नेपालले २ खेल खेलेकोमा दुवैमा हार व्यहोरेको छ । नेपाल र म्यानमारबिचको दोस्रो मैत्रीपुर्ण खेल सोमबार हुनेछ ।

नेपाली टोलीः

गोलकिपरः किरणकुमार लिम्बु, दीप कार्की, अभिषेक बराल ।

डिफेन्डरः सनिश श्रेष्ठ, अनन्त तामाङ, आशिष गुरुङ, रोहित चन्द, अञ्जन राई, छिरिङ लामा ।

मिडफिल्डरः अरिक विष्ट, सुदीप गुरुङ, लकेन लिम्बु, आवास लामिछाने, उत्सव राई, कृतिश रत्न छिन्जु ।

फरवार्डः आयुष घलान, नवयुग श्रेष्ठ, अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, गिलेस्पे जंग कार्की, दिनेश हेन्जन, हिसुब थपलिया ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका