जोडिनुहोस
  • होमपेज
  • पूर्व–पश्चिम राजमार्गमा बम पड्कियो

पूर्व–पश्चिम राजमार्गमा बम पड्कियो

दाङ । बाँकेको राप्ती सोनारी गाउँपालिका–८, नयाँगाउँ नजिकैको पूर्व–पश्चिम राजमार्गमा बम विष्फोटबाट सडक क्षति पुगेको छ । गए राति भएको बम विष्फोटबाट सडकमा भ्वाङ परेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार द्वन्द्वकालमा राखिएको बमको अवशेष पड्किएको देखिन्छ। बम विष्फोटबाट कुनै क्षति नभएको उनले बताए ।

उनका अनुसार द्वन्द्वकालमा राखिएको बमको अवशेष पड्किएको पुष्टि भएपछि सडक विभागले भ्वाङ पुरेको छ। अहिले राजमार्गमा सवारी साधन चलिरहेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका