जोडिनुहोस
  • होमपेज
  • बागमती प्रदेश अधिवेशनका लागि मकवानपुरबाट १०३ जना एमाले प्रतिनिधि

बागमती प्रदेश अधिवेशनका लागि मकवानपुरबाट १०३ जना एमाले प्रतिनिधि

काठमाडौं । नेकपा एमालेको असोज ८ र ९ गते काठमाडौंमा प्रथम अधिवेशन हुँदैछ । बागमती प्रदेश अधिवेशनका लागि मकवानपुरका सबै स्थानीय तह तथा दलित, मजदुर र पेशागत क्षेत्रबाट सर्वसम्मत प्रतिनिधि छनोट भएका छन् ।

जिल्लाका १० वटा स्थानीय तह, दलित, मजदुर तथा पेशागत क्षेत्रबाट १०३ जना प्रतिनिधि छनोट भएको नेकपा एमाले मकवानपुरले जनाएको छ । एमालेबाट एकजना केन्द्रीय सदस्यसहित बहालवाला राष्ट्रियसभा, प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पनि प्रतिनिधि छनोट भएका छन् ।

प्रत्येक संसदीय निर्वाचनमा चुनाव जित्दै आएको दोलखामा नेकपा एमालेले गएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एकएक जना सांसद जितेको थियो ।

मकवानपुरबाट प्रतिनिधि छनोट भएकामध्ये एमाले केन्द्रीय सदस्य कृष्णप्रसाद दाहालले बागमती प्रदेश अध्यक्षको लागि उम्मेदवारी दिने तयारी गरेका छन् । नेकपा एमाले मकवानपुरमा करिब १५ वर्ष नेतृत्व गरिसकेका दाहालले बागमतीका १३ जिल्लाकै साथीहरुको सल्लाहले आफू उम्मेदवार बन्न लागेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका