जोडिनुहोस
  • होमपेज
  • आर्थिक वृद्धिदरमा लम्पी स्किनको प्रभाव पर्ने जोखिम

आर्थिक वृद्धिदरमा लम्पी स्किनको प्रभाव पर्ने जोखिम

लम्पी स्कीनको प्रकोपको असर आर्थिक वृद्धिदरमा पर्ने एसियाली विकास बैंक एडीबीले प्रक्षेपण गरेको छ । सन् २०२४ मा ४।३ प्रतिशतको आर्थिक वृद्धिदरको प्रक्षेपण गर्दै यस वर्ष लम्पी स्किनको असर आर्थिक वृद्धिदरमा देखिने बताएको छ । यस वर्ष सरकारले ७ प्रतिशत हाराहारी आर्थिक वृद्धिदर प्राप्त गर्ने अनुमान गरेको छ । यस वर्ष वर्षायाममा पर्याप्त वर्षात नभएको र पशु चौपायामा फैलिएको लम्की स्किनको प्रकोपले कृषि क्षेत्रको विस्तार संकुचित हुने एडीबीले जनाएको छ ।

यस वर्ष रियल इस्टेट थोक एवम् खुद्रा व्यापार, आवास तथा खाद्य सेवाको विस्तारले सेवा क्षेत्रले भने गति लिने एडीबीको भनाइ छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धिमा देखिएको सुस्तता र नेपालको आयातको स्रोत मुलुक भारतमा मुद्रास्फीतिमा आएको कमीले नेपालको मूल्यवृद्धि भने नियन्त्रण भित्र रहने भएको छ । यस वर्ष सरकारले महत्वाकांक्षी राजस्व वृद्धि गर्ने लक्ष्य राखेको छ । त्यो राजस्वको लक्ष्य हासिल नभएमा वास्तविक बजेट घाटा अनुमान गरेभन्दा उल्लेख्य हुन सक्ने एडीबी नेपाल नियोगका प्रमुख अर्थशास्त्री इयान ह्यान्सनले बताए ।

बाह्य क्षेत्रको जोखिम सापेक्षा रुपमा निराकरण भएको भन्दै एडीबीले विद्यमान प्रवृत्ति र केन्द्रीय बैंकको मौद्रिक नीतिका कारण अहिले कम्तीमा ७ महिनाको आयात धान्न पर्याप्त विदेशी मुद्रा सञ्चिति कायम गर्ने लक्ष्य पूरा हुने अवस्था रहेको बताएको छ । विप्रेषण आप्रवाह र उच्च आयातमा देखिएको स्थायित्वले चालु खाता घाटा फराकिलो भई कुल गार्हस्थ उत्पादनको १।८ प्रतिशत हुने अनुमान समेत गरिएको छ । तर, संकुचनकारी नीतिहरुले उपभोग तथा आन्तरिक उत्पादनमा ह्रास आउने र आर्थिक वृद्धिदर प्रभावित हुने एडीबीले उल्लेख गरेको छ । एडीबीले समृद्ध, समावेशी, उत्थानशील र दीगो एसिया तथा प्रशान्त क्षेत्रको विकासमार्फत चरम गरिबी निवारणको पहललाई जारी राख्ने प्रतिवद्धता समेत व्यक्त गरेको छ । एडीबीमा ६७ देशको स्वामित्व रहेको छ । यसमध्ये ४८ वटा राष्ट्र एसिया तथा प्रशान्त क्षेत्रीय राष्ट्र छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका