जोडिनुहोस
  • होमपेज
  • गणतन्त्रको अर्थ बुझ्न र अनुभूत गर्न बाँकी नै छ राष्ट्रपति पौडेल 

गणतन्त्रको अर्थ बुझ्न र अनुभूत गर्न बाँकी नै छ राष्ट्रपति पौडेल 

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकले गणतन्त्रको अर्थ बुझ्न र अनुभूति गर्न बाँकी नै रहेको बताएका छन् । संविधान दिवसको अवसरमा बुधबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताको सर्वोत्तम उपलब्धी गणतन्त्र प्राप्त गरे पनि त्यसलाई अनुभूत गर्न बाँकी नै रहेको बताएका हुन् । ‘गणतन्त्र भनेको शासनमा व्यक्तिको परिवर्तनमात्र होइन । यो त जनताको राजकीय शक्तिको प्रवाहमा सामेल हुन पाउने अधिकार हो । यो त संस्कार, संस्कृति, आनीबानी र व्यवहारमात्रै होइन आचरणमा परिवर्तन पनि हो भनेर हामीले बुझ्न बाँंकी छ’, उनले भनेका छन् ।

राजनीतिक व्यवस्था परिवर्तन भए पनि देश, समाज र जनसामान्यको अवस्था परिवर्तन हुन नसकेको भन्दै राष्ट्रपति पौडेलले राज्य पुनर्संरचनामार्फत तल्लो तहका जनताको पहुँचमा राज्यसत्ता पुगे पनि राज्यको चरित्रको भने पुनर्संरचना हुन बाँकी रहेको बताए ।

जनआन्दोलनका उपलब्धिहरू माथि फेरि कहीं, कतैबाट कमजोर बनाउने काम नहोस् भन्नेमा सचेत हुनुपर्ने राष्ट्रपति पौडेलले बताए । ‘संविधानसभाबाट निर्माण भएको लोकतान्त्रिक संविधानका व्यवस्थाहरूलाई निस्तेज पार्ने काम कतैबाट हुन नपाओस् भन्नेमा पनि हामी चनाखो हुनैपर्छ । यस्तो अवस्था किन र कसरी आउन सक्छ रु यो प्रश्नमा हामी सबै जिम्मेवार हुनु आवश्यक ठान्दछु’ राष्ट्रपति पौडेलले भनेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका