जोडिनुहोस
  • होमपेज
  • विद्यार्थीको पठन पाठन ठप्प हुनु अस्वाभाविक लोसपा

विद्यार्थीको पठन पाठन ठप्प हुनु अस्वाभाविक लोसपा

लोकतान्त्रिक समाजवादी पार्टीले राष्ट्रिय शिक्षक महासंघको आयोजनामा जारी शिक्षकहरुको काठमाडौं केन्द्रित आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । लोसपाका अध्यक्ष महन्थ ठाकुरले शुक्रबार विज्ञप्ति निकालेर दुवै पक्षलाई गम्भीर भएर सहमतिमा पुग्न आग्रह गरेका छन् ।

‘शिक्षक संगठनद्वारा अघि सारिएका मागहरुप्रति गम्भीर भई नेपाल सरकार यथाशीघ्र औपचारिक वार्ताद्वारा दुवै पक्षले संघीयताको मर्मलाई आत्मसात् गर्दै सहमतिमा पुगेर निकास दिनुपर्दछ’ विज्ञप्तिमा उल्लेख छ ।

प्रतिनिधिसभामा दर्ता भएको विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै शिक्षकहरु बुधबारदेखि काठमाडौंकेन्द्रित आन्दोलनमा छन् । शिक्षकहरु आन्दोलनमा होमिएपछि सामुदायिक विद्यालयमा पठनरपाठन ठप्प भएको छ ।

लोसपाले यथाशीघ्र पठनरपाठन सुचारु हुने वातावरणका लागि आन्दोलनरत पक्ष र सरकार दुवै पक्षलाई आग्रह गरेको छ ।

‘विद्यार्थीको अध्ययन र अध्यापन पूर्णतस् लामो समय सम्म ठप्प हुनु अस्वाभाविक हो । तसर्थ सबै पक्ष गम्भीर भई यथाशीघ्र पठनरपाठन सुचारु गर्न आवश्यक रहेको छ’ विज्ञप्ति मार्फत लोसपा अध्यक्ष ठाकुरले भनेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका