जोडिनुहोस
  • होमपेज
  • बिजुक्छेको गढमा पूर्वराजाको परेड

बिजुक्छेको गढमा पूर्वराजाको परेड

काठमाडौं । भक्तपुरलाई नेपाल मजदुर किसान पार्टीको गढ मानिन्छ । भक्तपुर १ क्षेत्र र भक्तपुर नगरपालिकामा सधैं नेमकिपाले मात्रै जित्दै आएको छ । त्यहाँ अन्य दलले जित्ने कुनै गुञ्जायस नै छैन ।

भक्तपुरको कोर सिटीमा उत्तर कोरियाको जस्तो शासन मानिन्छ । किनभने त्यहाँ नेमकिपाको सिग्नलविना एउटा पनि काम हुन्न । अन्य दलको प्रभाव निकै न्यून छ । त्यही भएर नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले सबै निर्वाचन जिते । गत मंसिरको निर्वाचनमा उनी उम्मेदवार भएनन् । प्रेम सुवाललाई उठाए । उनले पनि जिते । भक्तपुर नगरपालिकाको मेयरमा सुनिल प्रजापति छन् । उनले लगातार दोस्रोपटक मेयर जिते ।

तर त्यही बिजुक्छेको गढ भक्तपुरमा आइतबार पूर्वराजा ज्ञानेन्द्र शाह परेड खेलेका छन् । जहाँ राजा आऊ देश बचाऊको नारा घन्कियो । कम्युनिस्ट नेताहरू आफूलाई पनि राजा महाराजा नै ठान्छन् । त्यसकै प्रभावले होला आइतबार हजारौं राजावादी भक्तपुरमा भेला भएका थिए । राजावादी उर्लिएपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भने– ‘यो जनसागरले भन्छ, मुलुकमा राजासहितको नयाँ
सहमतिको समय आयो ।

अब ढिला नगरौं ।’ उनले तलेजु मन्दिर दर्शनका लागि पुगेका पूर्वराजा शाहको स्वागतमा भक्तपुरवासी उर्लिएझै , काठमाडौं र ललितपुरवासी पनि उर्लिए अनि राजाले ‘देश बचाउन सडक आन्दोलन जरुरी छ’ भनिदिए भने अवस्था के होला रु भन्ने प्रश्नसमेत गरेका छन् ।

तर सामाजिक सञ्जालमा भने आइतबारको जनलहरलाई मास हिस्टेरियाको रूपमा टीकाटिप्पणी गरिएको छ । ‘ज्योति मगर, प्रकाश सपुत, नेपथ्य ब्यान्डका अमृत गुरुङको शोहरुमा योभन्दा कैयन गुणा त्यो पनि फिरीमा हैन, पैसा तिरेर मान्छे भेला हुन्छन् । अब ज्योति, प्रकाश, अमृत आऊ देश बचाऊ त भन्नु भएन नि कि कसो दादाहरु ।

अनि १२ वर्ष कैद मिनाहा भएर जेलमुक्त भएका तरुण दलका नेता रिगल डन भनिने योगराज ढकाललाई हिन्दी फिल्मको भिलेन जयकान्त शिक्रेको स्टाइलमा जेलबाट नेपालगजसम्म आउँदाको स्कर्टिङको भिडियो पनि देख्नु भएकै होला । मास हिस्टेरियाको पछि नकुद्ने कि,’ एक ट्विटर प्रयोगकर्ता लेख्छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका