जोडिनुहोस
  • होमपेज
  • प्रचण्डको चीन भ्रमणः भैसीको मासु बेच्ने सहमति

प्रचण्डको चीन भ्रमणः भैसीको मासु बेच्ने सहमति

काठमाडौं । नेपालबाट भैंसीको मासु चीन निर्यात गर्नका लागि स्वीकृति प्रक्रियालाई तीव्रता दिन चीन र नेपाल सहमत भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको क्रममा सो सहमति भएको हो ।

मंगलबार बिहान सार्वजनिक संयुक्त वक्तव्यमा नेपालबाट भैंसीको मासु चीन निर्यात गर्नका लागि स्वीकृति प्रक्रियालाई तीव्रता दिने सहमति भएको हो ।

संयुक्त वक्तव्यमा चिनियाँ पक्ष नेपाली उत्पादनलाई चीन निर्यातमा सहजीकरण गर्न तयार भएको उल्लेख छ । हाल नेपालबाट चीनमा घाँस निर्यात हुँदै आएको छ । चीनले याक, नाक र च्याङ्ग्राको प्रजननका लागि पनि नेपाललाई सहयोग गर्ने भएको छ ।

यस अघि प्रधानमन्त्री दाहालको भारत भ्रमणमा भारत सरकारले नेपाललाई दिएको १५ वटा मुर्रा राँगाको विषयले संसददेखि सडकसम्म चर्चाको विषय बनेको थियो । यो पटक दाहालको चीन भ्रमणमा भैँसीको मासुले प्राथमिकता पाएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका