जोडिनुहोस
  • होमपेज
  • १९औं एसियाडमा पदकको अपेक्षा गरेको तेक्वान्दोमा निराशा

१९औं एसियाडमा पदकको अपेक्षा गरेको तेक्वान्दोमा निराशा

१९औं एसियन गेम्स एसियाडको तयारी सुरु हुँदै गर्दा नेपालले पदकको अपेक्षा गरेको खेलको सूचीमा तेक्वान्दो, बक्सिङ र कराते मुख्य प्राथमिकतामा थियो । मार्सल आर्टसका यी खेलहरुमा नेपालले यसअघि एसियाडमा पदक पनि जितिसकेको थियो । अझ तेक्वान्दो एसियाडमै नेपालको लागि सबैभन्दा सफल खेल समेत हो । जसबाट नेपालले १ रजत सहित सर्वाधिक १५ पदक जितेको छ । यस पटक पनि तेक्वान्दोबाट नेपालले पदकको अपेक्षा राखे पनि खेलाडीहरुको प्रदर्शन भने त्यो अनुरुप देखिएन । तेक्वान्दोमा पछिल्लो पटक नेपालले २००६ दोहा एसियाडमा पदक जितेको थियो । त्यसयता नेपालले तेक्वान्दोबाट एसियाडमा पदक जित्न सकेको छैन । हान्झाउमा तेक्वान्दोमा नेपालका ११ खेलाडी सहभागी भएकोमा बुधबारसम्म १० खेलाडीको चुनौती सकिसकेको छ । तर अहिलेसम्म कुनै पनि खेलाडी क्वाटरफाइनलबाट माथि जान सकेका छैनन् । बुधबार तेक्वान्दोमा प्रतिस्पर्धा गरेका नेपालका तीन खेलाडी नै पहिलो चरणबाटै बाहिरिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका