जोडिनुहोस
  • होमपेज
  • एक सय २० केजी गाँजा बोकेको गाडीसहित ६ जना पक्राउ

एक सय २० केजी गाँजा बोकेको गाडीसहित ६ जना पक्राउ

काठमाडौँ – प्रहरीले गाँजा बोकेको सुमो गाडी र मोटरसाइकलसहित ६ जनालाई पक्राउ गरेको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका– १ स्थित चतरापुल नजिकै बराहक्षेत्र जाने सडकखण्डबाट प्रहरीले शुक्रबार एक सय २० केजी गाँजाबोकेको सुमो गाडी र मोटरसाईकलसहित ६ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा भारत घर बताउने ३६ वर्षिय महोमद सिराज, २० वर्षिय अस्ताजु आलम , १९ वर्षिय नसिम आलम, ५२ वर्षिय ओम प्रकाश रजक, सुनसरी जिल्लाको देवनागंज गाउँपालिका ५ बस्ने ३१ वर्षिय ओम प्रकाश साह र २० वर्षिय शिवम साह रहेका छन् ।

बीआर ०२ आर ९९९४ नम्बरको भारतीय सुमो गाडीमा राखी भारततर्फ लैजादै गरेको गाँजासहित उनीहरुलाई नं १ बराह बाहिनी मुख्यालय सुनसरीले नियन्त्रणमा लिएको हो । भने प्रदेश नं १–०२–०५० प ६३०४ नम्बरको मोटरसाईकलले सो गाडीलाई स्कटिङ्ग गरी लैजाँदै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई बरामद गाँजा, सुमो गाडी र मोटरसाईकलसहित आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाईएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?