जोडिनुहोस
  • होमपेज
  • विदेशमा पक्राउ परेका भिखारीहरूमध्ये ९० प्रतिशत पाकिस्तानी

विदेशमा पक्राउ परेका भिखारीहरूमध्ये ९० प्रतिशत पाकिस्तानी

इस्लामावाद— विदेशमा पक्राउ परेका भिखारीहरूमध्ये ९० प्रतिशत पाकिस्तानी रहेको द डन पत्रिकाले उल्लेख गरेको छ।

पाकिस्तानको सिनेटको स्थायी समितिमा पाकिस्तानबाट ठूलो संख्यामा भिखारीहरू विदेश पलायन भइरहेको छ, जसले ‘मानव बेचबिखन’ लाई अझ बढावा दिएको बताइएको छ ।’
विदेश मन्त्रालयका सचिव जुल्फिकार हैदरले दक्ष र अदक्ष कामदारले देश छाड्ने विषयमा सिनेट प्यानलमा भएको छलफलमा यस्तो खुलासा गरेका हुन् ।

हैदरले समितिमा विदेशमा पक्राउ परेका ९० प्रतिशत भिखारीहरू पाकिस्तानी भएको बताएका छन् । । उनले धेरै भिखारीहरूले साउदी अरब, इरान र इराक जान तीर्थयात्री भिसाको दुरुपयोग गरेको बताएका छन्।

उनले पवित्र स्थलहरूमा ठूलो संख्यामा पाकिस्तानीहरु ठाउँ ठाउँमा पक्राउ परेको उनले बताए । यसैबीच, हैदरले जापान पाकिस्तानी भिखारीको नयाँ गन्तव्यको रूपमा देखा परेको पनि थप गरे ।

साथै, उनले दक्ष श्रम निर्यातमा पाकिस्तानको ऐतिहासिक भूमिकामा जोड दिँदै पेशाकर्मी विदेश गएपछि देशको वैदेशिक रेमिट्यान्स बढ्ने आशा व्यक्त गरे।

साउदी अरबले अब अप्रशिक्षित व्यक्तिहरू भन्दा दक्ष कामदारलाई प्राथमिकता दिएको छ उनको भनाईलाई उद्दृत गर्दै डन पत्रिकाले उल्लेख गरेको छ । हसनले पाकिस्तानमा करिब ५०,००० इन्जिनियरहरू बेरोजगार रहेको पनि उल्लेख गरे।

उनले करिब ३० लाख पाकिस्तानी साउदी अरबमा, १५ लाख युएईमा र २ लाख कतारमा रहेको जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका