जोडिनुहोस
  • होमपेज
  • इलाममा फर्जी मत खसाउने प्रयास, निर्वाचन कार्यालयका कर्मचारीलाई समेत ‘अफर’

इलाममा फर्जी मत खसाउने प्रयास, निर्वाचन कार्यालयका कर्मचारीलाई समेत ‘अफर’

इलामको प्रतिनिधि सभा क्षेत्र नं। २ मा भइरहेको उपनिर्वाचनमा फर्जी मत खसाउने प्रयास भएको छ । ससर्वेक्षणका लागि भन्दै उस्तै मतपत्र प्रयोग गरी चुनाव चिह्नमा छाप लगाइसकेका मतपत्र नै बरामद भएको हो ।

सर्वेक्षणका लागि भन्दै उस्तै मतपत्र प्रयोग गरी मतदान गरेपछि जिल्ला निर्वाचन कार्यालय, प्रहरी र जिल्ला प्रशासन कार्यालयले हटाएको जानकारी प्राप्त भएको छ ।

नक्कली मतदान गराइएका मतपत्रहरू सक्कली मतपत्रजस्तै रहेका तथा ती मतपत्रमा रुख, सूर्य र मुढा लगायत चुनाव चिह्न प्रयोग गरी सर्वेक्षण भएको पाइएको हो ।

‘आचारसंहिता र कानूनले नदिने भएपछि त्यस्तो काम रोकिएको छ,’ जिल्ला निर्वाचन कार्यकाल सूचना अधिकारी कृष्णबहादुर लिम्बूले  भने, ‘मलाई पनि पो मतदान गर्नु न भन्दै हुनुहुन्थ्यो ।’ लिम्बूका अनुसार प्रहरीले केही सामग्रीहरू बरामद समेत गरेको छ ।

महेन्द्ररत्न बहुमुखी क्याम्पस इलामको मतदान केन्द्रभित्र नै मतदातालाई नक्कली मतपत्रमा छाप हाल्न लगाउने कार्य गरेको थाहा पाएपछि जिल्ला प्रशासन कार्यालय, प्रहरी र निर्वाचन आचारसंहिताको टोली तत्काल सो स्थान पुगेको थियो ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार एक समूहले २ घण्टासम्म यो काम सञ्चालन गरेको थियो । उनले खबरहबलाई भने, ‘कानून अनुसार कारबाही प्रकृया अघि बढाइएको छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका