जोडिनुहोस
  • होमपेज
  • सप्तरीमा १ सय वटा अवैध वाकिटकी बरामद

सप्तरीमा १ सय वटा अवैध वाकिटकी बरामद

सप्तरी – सप्तरीमा १ सय वटा अवैध रेडियो सेट वाकिटकी बरामद भएको छ । जिल्लाको छिन्नमस्ता गाउँपालिका २ मोहनपुरबाट आइतबार ८ लाख रुपैयाँ बराबरको चोरीपैठारीको वाकिटकी बरामद भएको हो ।

भारतबाट अवैध रुपले ल्याउँदै गरेको १ सय वटा पोर्टेबल वाकिटकी हेण्डसेट सशस्त्र प्रहरी बल नेपाल बिओपी छिन्नमस्ताले बरामद गरेको हो ।

उक्त सेट ल्याउने व्यक्ति भने गस्तीमा रहेको सुरक्षा फौजलाई टाढैबाट देख्नासाथै फरार भएका थिए । विशेष गरी सुरक्षाकर्मीले प्रयोग गर्ने रेडियो सेट के प्रयोजनको लागि ल्याइएको थियो भन्ने खुल्न सकेको छैन ।

बरामद वाकिटकी आवश्यक कारवाहीको लागि राजविराज भन्सार कार्यालय बेल्ही तिलाठीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका