जोडिनुहोस
  • होमपेज
  • सहकर्मीमाथि यौन दुर्व्यवहारको आरोप लागेका एसएसपी पालले दिए राजीनामा

सहकर्मीमाथि यौन दुर्व्यवहारको आरोप लागेका एसएसपी पालले दिए राजीनामा

काठमाडौँ । आफ्नै सहकर्मी महिलामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका नेपाल प्रहरीका एक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ले राजीनामा दिएका छन् । एसएसपी योगबहादुर पालले राजीनामा पेश गरेको प्रहरी प्रवक्ता (डीआईजी) कुवेर कडायतले जानकारी दिए ।

डीआईजी कडायतले राजीनामा स्वीकृतिका लागि गृह मन्त्रालयमा पठाइएको बताएका छन् । सुदूरपश्चिम प्रदेश कार्यालयमा रहँदा एसएसपी पालले दुर्व्यवहार गरेको भन्दै एक महिला सहायक हवलदारले १९ जेठमा उजुरी गरेकी थिइन् ।

त्यसबारे डीआईजी सुरेन्द्र मैनाली नेतृत्वको छानबिन समितिले पाललाई बर्खास्त गर्न सिफारिस गरेको छ । छानबिनका लागि गृह मन्त्रालयले उनलाई निलम्बन गर्ने निर्णय गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका