जोडिनुहोस
  • होमपेज
  • राजसंस्था स्थापना गर्न आन्दोलनको आँधीबेहरी ल्याउछौँ सहमहामन्त्री शाह

राजसंस्था स्थापना गर्न आन्दोलनको आँधीबेहरी ल्याउछौँ सहमहामन्त्री शाह

राष्ट्रिय प्रजातन्त्र पार्टीका सहमहामन्त्री रवीन्द्रप्रताप शाहले राजसंस्था स्थापनार्थ आन्दोलनमा विचार मिल्ने दल, संघसंस्था, व्यक्तिलगायत सबैसँग कार्यगत एकता गरेर आन्दोलनको आँधीबेहरी ल्याउने बताएका छन् । भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधानअन्तर्गत रहने राजसंस्थासहितको प्रजातन्त्रको मागलाई लिएर राप्रपाले आन्दोलन गर्न लागेकाले उक्त आन्दोलनमा नेपाली जनताको साथ र सहयोग रहने विश्वास व्यक्त गरेका हुन् ।

उनले भने, ‘मुलुकमा गणतन्त्र स्थापना भएको तीन दशकभन्दा बढी अवधि भइसक्दा पनि नेपाली जनताको इच्छा, आकांक्षा पूरा हुनु त कहाँ हो कहाँ रु उल्टो भ्रष्टाचारतन्त्रको दबदबा बढेकाले जनता अहिलेको परिस्थितिमा राष्ट्र, राष्ट्रियता बचाउन अभिभावकको खोजीमा रहेको छ । त्यहीँ अभिभावकको खाँचो पूरा गर्न राप्रपाको केन्द्रीय समितिको बैठकले आउँदो फागुन महिनादेखि आन्दोलन गर्न लागेको हो ।’

सहमहामन्त्री शाहले देश नै रहला कि नरहला भन्ने आशंका व्याप्त भइरहेको अवस्थामा देश र जनताको पक्षमा राजसंस्थासहितको राजनीतिक व्यवस्थाका लागि आन्दोलन गर्ने निर्णय गर्नु अत्यन्तै सामयिक कदम भएको बताए । उनले गणतन्त्रले नेपाली जनतालाई सुख र सुबिस्ता दिनुको साटो ललितानिवास, नक्कली भुटानी शरणार्थी, सुन तस्करी, एनसेलजस्ता देशघाती काण्डहरू थुपारिदिएको उल्लेख गरे । सहमहामन्त्री शाहले राप्रपाको आगामी आन्दोलनबाट राजसंस्थासहितको प्रजातन्त्र र धार्मिक स्वतन्त्रतासहितको सर्वधर्म समभावको प्रणालीले देशको अहिलेको अवस्था र व्यवस्था परिवर्तन गरी जनताले चैनको श्वास फेर्ने तर्क गरे ।

उनले एक प्रसंगमा नेपालमा जति पनि ठूल्ठूला राजनीतिक परिवर्तन भएका छन्, त्यसमा राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्तिहरूको प्रभाव रहेको नकार्न नसकिने भएकाले हाम्रा दुई विशाल छिमेकी राष्ट्र चीन र भारतले राजसंस्थाको पक्षमा नबोलेतापनि ती दुई छिमेकी देशका नेताहरू हाम्रा गणतन्त्रवादी नेताहरूसँग खुशी भएको आफूले अनुभूत गर्न नसकेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका