जोडिनुहोस
  • होमपेज
  • बंगलादेशसँगको खेलमा अफगानिस्तान १ सय ५६ रनमा अलआउट

बंगलादेशसँगको खेलमा अफगानिस्तान १ सय ५६ रनमा अलआउट

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशसँगको खेलमा अफगानिस्ताना १ सय ५६ रनमा अलआउट भएको छ । भारतको धर्मशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अफागानिस्तान ३७ ओभर २ बलमा १ सय ५६ रनमा अलआउट भएको हो । उसका लागि रहमानुल्लाह गुरबाजले सर्वाधिक ४७ रन बनाए । यस्तै अजमतुल्लाह ओमरजाई र इब्राहिम जद्रानले समान २२ र २२ रन बनाए ।

बंगलादेशका शकिब अल हसन र मेहदी हसन मिराजले ३ र ३ विकेट लिए । आज दक्षिण अफ्रिका र श्रीलंकाबिच पनि खेल हुँदैछ । यो खेल दिउँसो सवा दुई बजे दिल्लीमा सुरु हुँदैछ । यसअघि हिजो भएको खेलमा पाकिस्तानले नेदरल्यान्डस्लाई ८१ रनले र अस्ति भएको उद्घाटन खेलमा न्युजिल्याण्डले इंग्ल्याण्डलाई ९ विकेटले हराएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका