जोडिनुहोस
  • होमपेज
  • बीआरआई कार्यान्वयन गर्न सरकारले छिट्टै योजना बनाउँछः प्रधानमन्त्री दाहाल

बीआरआई कार्यान्वयन गर्न सरकारले छिट्टै योजना बनाउँछः प्रधानमन्त्री दाहाल

काठमाडौं।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बीआरआईमार्फत नेपालमा उल्लेख्य लगानी भित्र्याउन नसकिएको बताएका छन् ।

उनले नेपालको विकासको लागि महत्त्वपूर्ण स्रोतको रुपमा रोड एण्ड बेल्ट इनीसीयटीभ (बीआरआई) रहने भन्दै यसको कार्यान्वयनको लागि सरकारले छिट्टै योजना बनाउने प्रतिबद्धता जनाए ।

आइतबार ‘बीआरआईको एक दशकः व्यापार, लगानी र सम्पर्क सञ्जाल’ विषयक कार्यक्रममा प्रधानमन्त्री दाहालले नेपालमा बीआरआई परियोजनाअन्तर्गतका योजनाको कार्यान्वयन गराउन सरकार प्रतिबद्ध रहेको उल्लेख गरे ।

प्रधानमन्त्री प्रचण्डले नेपालको पूर्वाधार विकासका लागि ठूलो आर्थिक लगानीको आवश्यकता रहेको उल्लेख गर्दै नपालको लागि बीआरआई नै विकासको स्रोत बन्न सक्ने भन्दै बीआरआई कार्यान्वयनको लागि योजना बनाएर लाग्ने धारणा राखे ।

‘हामीलाई पूर्वाधार विकासमा ठूलो लगानीको खाँचो छ । परम्परागत स्रोतबाट प्राप्त हुने विकास सहायताबाट मात्रै हाम्रो आवश्यकता पूरा हुनसक्ने परिस्थिति छैन । विकास निर्माणलाई तीव्र बनाउन थप बाह्य पुँजीको खाँचो छ । बीआरआई नेपालका लागि त्यस्तो महत्त्वपूर्ण स्रोत हुन सक्छ,’कार्यक्रममा प्रधानमन्त्रीले भने ।

उनले विकासको लागि नेपाल र चीनबीच भएको विभिन्न सम्झौताको कार्यान्वयनको लागि वास्तविकतामा बदल्न सामूहिक पहलकदमी लिनुपर्ने बताए ।

बीआरआई जस्तै परियोजनाको वित्तीय लगानीको मोडेलका बारेमा नेपालले अझ मसिनो ढंगले छलफल गर्नेसमेत उनको धारणा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका