जोडिनुहोस
  • होमपेज
  • प्रशासकीय अधिकृतसहित वडाध्यक्ष र बिचौलिया घुससहित पक्राउ

प्रशासकीय अधिकृतसहित वडाध्यक्ष र बिचौलिया घुससहित पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुद्धोधन कार्यपालिका कार्यालय रुपन्देहीका प्रमुख प्रशासकीय अधिृकत अनन्तपाणी मरासिनी र उक्त गाउँपालिका वडा न. ७ का अध्यक्ष भीमबहादुर यादव र बिचौलिया बिनोद भरलाई घुससहित नियन्त्रणमा लिएको छ ।

अख्तियारद्वारा बिहीबार जारी विज्ञप्तिअनुसार अधिकृत मरासिनी र यादवले उत्खनन् गरी घाटगद्दीमा रहेको नदीजन्य पदार्थको बिक्री आदेशको म्याद थप तथा बिक्री आदेश दिने प्रयोजनका लागि सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा रकमसहित पक्राउ गरिएको हो ।

अख्तियारले यी व्यक्तिलाई बिहीबार शुद्धोधन गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयबाट नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले गाउँपालिकाको कार्यालयबाट बिहीबार दिउँसो उनीहरूलाई पक्राउ गरेको अख्तियारले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका