जोडिनुहोस
  • होमपेज
  • सुनको मूल्य घट्यो, आज तोलामा कति ?

सुनको मूल्य घट्यो, आज तोलामा कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा १ हजार ३ सय रुपैयाँले घटेर एक लाख २६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार एकै दिन २६ सयले बढेर प्रतितोला एक लाख २७ हजार ८ सयमा कारोबार भएको थियो ।

यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २५ हजार ९ सय रुपैयाँ कायम भएको छ । बिहीबार प्रतितोला एक लाख २६ हजार २ सय थियो ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ५५ रुपैयाँले घटेर एक हजार ५ सय तोकिएको महासङ्घले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका