जोडिनुहोस
  • होमपेज
  • चिनियाँ सेन्सरसिप प्रणाली थप कडा र शक्तिशाली बन्दै

चिनियाँ सेन्सरसिप प्रणाली थप कडा र शक्तिशाली बन्दै

बेइजिङ— द ग्रेट फायरवाल अफ चाइनाले अब दुई महिनामा १ दशमलव ४ बिलियन ‘अनावश्यक’ सामाजिक पोष्टहरूलाई हटाउन मिल्ने प्रणाली अपग्रेड गरेको छ । चीनको ग्रेट फायरवाल, जुन एक प्रणाली हो जसले कम्युनिष्ट पार्टीको सरकार विरुद्ध लेखिएका सामग्री हटाउन क्षमता राख्दछ । यसबाहेक पनि फायरवालले हरेक दिन सोशल मिडियामा अरबौं पोष्ट र टिप्पणीहरू नियमन गर्ने क्षमता बढाउँदैछ । यद्यपी यो प्रणालीलाई चिनियाँ जनताबाट आक्रोशित प्रतिक्रिया निम्त्याएको छ ।

दुई खेलाडीको जर्सी नम्बरले अनजानमा तियानमेन स्क्वायर नरसंहारको सन्दर्भ बनाएको फोटो हालै सामाजिक सञ्जालमा भाइरल भयो। जर्सी नम्बर ६ र ४ ले अंगालो मार्दा ६४ देखाइएको थियो । यसले जुन ४ लाई केन्द्रित गरेको छ । जुन ४ मा तियानमेन स्क्वायर त्रासदीको वार्षिकोत्सव होे । यो तस्बिर सामाजिक सञ्जालबाट तुरुन्तै हटाइएको थियो ।

चीनको ग्रेट फायरवाल गोल्डेन शिल्ड परियोजना अन्तर्गतको एउटा उपप्रणाली हो । चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) सरकारद्वारा बनाइएको सेन्सरशिप र निगरानी प्रणालीको अग्रगामी संयन्त्र हो । यसले वेबसाइटहरू ब्लक गर्छ भने चिनियाँ नागरिकलाई केही जानकारीहरूबाट बञ्चित गराउन सामाजिक सञ्जाल प्लेटफर्महरू नियन्त्रण गर्दछ जुन सामान्यतया सीसीपी विरुद्ध हुने गर्दछ ।

मे २०२३ मा, चीनले ६७,०० सोशल मिडिया एकाउण्ट बन्द गरेको छ भने ९ लाख ३० हजार एकाउण्टको सबै फलोअरहरू र पैसा आउने व्यवस्था हटाएर कारवाही गरेको छ । यतिबाट फाइन ट्युनिङ सेन्सरशिप मेकानिज्मको एक भागको रूपमा, सामाजिक सञ्जाल पोष्टहरू मात्र होइन यी पोष्टहरुमा आएका कमेण्ट वा रिप्लाईलाई पनि छानबिन र नियमन गरिन्छ ।

चाइनिज ह्युमन राइट्स डिफेन्डर्सका एड्भोकेसी संयोजक विलियम नीले सेन्सरशिप अपग्रेडले संवेदनशील विषयहरूमा छलफल गर्न उपलब्ध थोरै ठाउँ समाप्त हुने बताए । नयाँ प्रणालीले यसलाई असम्भव बनाउन सक्छ र संवेदनशील विषयहरूमा अभिव्यक्ति स्वतन्त्रताको लागि पहिले नै सीमित ठाउँलाई अझ कडा बनाउन सक्ने उनले भने।

ह्युमन राइट्स वाचले सबै चिनियाँ सार्वजनिक र निजी सामाजिक सञ्जाल कम्पनीहरूमा सीसीपीको को नियन्त्रणमा चिन्ता व्यक्त गरेको छ। वाचले राज्य सेन्सरशिप, निगरानी, र प्रचारका लागि अवसर र संयन्त्र सिर्जना गर्दछ जसले चीनमा रहेका आफ्ना प्रयोगकर्ताहरूलाई मात्र असर गर्दैन संसारभरका चिनियाँ नागरिकको पनि निगरानी गरिरहेको बताइएको छ ।

यसबीच चीनले अब सामाजिक सञ्जालमा पोस्ट गर्ने आफ्ना नागरिकविरुद्ध कडा कारबाही गर्न थालेको छ। चिनियाँ जनतालाई सामाजिक सञ्जालमा पोष्ट गर्ने र ट्वीटर, फेसबुक र युट्युब जस्ता विदेशी प्लेटफर्महरू प्रयोग गरेकोमा उत्पीडन, धम्की र सजायसमेत दिइने गरेको छ। यसको एक उदाहरणको लागि छोराले ट्विटर प्रयोग गरेको कारण स्वतन्त्र पत्रकार गाओ यू जेल जानुपरेको थियो र उनलाई जागिरबाट बर्खास्त गरिएको छ । चिनियाँ कानुनले प्रहरीलाई १९ वटा जिम्मेवारी दिएको छ । जसमध्ये एक उनीहरुको निर्देशनमा कसैलाई पनि जागिरबाट निकाल्न सक्ने गाओले भने ।

चिनियाँ जनताले २०२२ मा नेशनल कंग्रेस सुरु हुने दिनहरूमा द ग्रेट फायरवाल अफ चाइनाको स्तरवृद्धिको गरिएको छ र स्थानीय सोशल मिडिया प्लेटफर्महरू डुइन, वेइबो र वीच्याटमा अवरोध गरिएको थियो ।

विज्ञहरूले चिनियाँ सरकारले अरब स्प्रिङजस्तो विरोध नचाहेकाले सामाजिक सञ्जालमा नियन्त्रण गर्ने तरिकालाई तीब्र बनाएको बताएका छन् । हङकङको सिटी युनिभर्सिटीका राजनीति शास्त्रका सेवानिवृत्त प्राध्यापक जोसेफ चेङले भने, ‘चिनियाँ अधिकारीहरु फैलिएको विरोध गतिविधिसँग धेरै चिन्तित छन् । नियन्त्रणको एउटा महत्वपूर्ण माध्यम भनेको सम्भावित प्रदर्शनकारीहरूको सञ्चारलाई रोक्नु हो ’

संयोगवश, १९८९ को तियानमेन स्क्वायर घटना बृहत्तर राजनीतिक स्वतन्त्रताको लागि विद्यार्थीहरूको नेतृत्वमा भएको प्रदर्शन थियो । त्यतिबेला चिनियाँ सरकारले विरोध प्रदर्शनलाई रोक्न क्रूरता देखाएको थियो । उक्त प्रर्दशनमा १० हजार मानिसको हत्या गरिएको थियो । यस्तो पृष्ठभूमिमा, एथलीटहरूको फोटोहरू रोक्न चिनियाँ सरकारको निर्णयले यसको संक्रामक डर देखाउँदछ ।

हङकङ युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीका प्रोफेसर डेभिड ज्वेइगले कडा सेन्सरशिपले तानाशाहलाई बढावा दिने बताएका छन् । चिनियाँ कम्युनिष्ट पार्टीलाई विभिन्न शहरबाट सामाजिक सञ्जालबाट विरोध आएको छ । यति धेरै शहरहरूमा एकै समयमा धेरै मानिसहरूले विरोध गर्दा चिनियाँ अधिकारीहरू साँच्चै डराएको हुनुपर्ने उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका