जोडिनुहोस
  • होमपेज
  • इजरायलबाट प्रधानमन्त्रीलाई विद्यार्थीको पत्रः युद्धको चपेटामा ज्यान गुमाउन मन छैन, नेपाल फर्किन चाहन्छौँ

इजरायलबाट प्रधानमन्त्रीलाई विद्यार्थीको पत्रः युद्धको चपेटामा ज्यान गुमाउन मन छैन, नेपाल फर्किन चाहन्छौँ

इजरायलबाट नेपाली विद्यार्थीले प्रधानमन्त्रीलाई भावुक पत्र लेखेका छन्। इजरायल र प्यालेस्टाइनबीच युद्धको चपेटामा फसेका विद्यार्थी सुरज भण्डारीले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै पत्र लेखेका हुन्।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पत्र लेख्दै भनेका छन्, ‘आदरणीय प्रधानमन्त्री ज्यू, अबको हाम्रो आशा पनि तपाईं नै हो। भरोसा पनि तपाईं नै हो। यो दुई देशको चपेटामा परेर ज्यान गुमाउन मन छैन।’

कास्कीको अन्नपूर्ण गाउँपालिका–२ घर भई हाल इजरायलमा फसेका उनले प्रचण्डलाई आफ्नो देशमा फर्काउने वातावरण मिलाउन आग्रह गरेका छन्। कृषि वन विज्ञान विश्वविद्यालयबाट इजरायल गएका भण्डारीले लेखेका छन्, ‘आकाशमा चरा उडेको देखेको हामी, आज फाइटर प्लेन देख्नु परेको छ। यसले हामी त्रसित छौँ।’

सुरजले बंगरभित्र लुक्दासमेत बंकरभित्रै छिरेर प्यालेस्टाइनहरुले आक्रमण गरिरहेको बताएका छन्। बंकरभित्र खान र बस्न समस्या भइरहेको चिठ्ठीमा लेखिएको छ। युद्ध रोकिने अवस्था नरहेको भन्दै उनले नेपाल फर्किन मन लागेको उनले पत्रमा उल्लेख गरेको छन्।

इजरायलमा नेपालका कृषि तथा वन विज्ञान विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीहरू छन्।

सुदूरपश्चिम विश्वविद्यालयबाट गएका १० जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने केही घाइते भएका छन्। अरु विद्यार्थीहरू युद्धको चपेटामा परेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका