जोडिनुहोस
  • होमपेज
  • इलेक्ट्रिक चुरोट ‘भेप’ प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा

इलेक्ट्रिक चुरोट ‘भेप’ प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा

काठमाडौं । सीआईबीले इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गरेको घटनाको अनुसन्धान प्रतिवेदन बुझाएको छ । सीआईबी प्रहरीले आइतबार सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ । सीआईबीले पूर्व सभामुख कृष्णबहादुर महराका छोरा राहुल महरासहित ४ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर गर्न सरकारी वकिललाई राय दिएको छ ।

सीआईबीले राहुल महरा, लोकेन्द्रकुमार पौडेल र तिब्बत मूलका बेल्जियन नागरिक दावा छिरिङ सहित चार जनालाई प्रतिवादी कायम गर्न राय दिएको छ । भेप प्रकरणमा प्रतिवादी कायम गर्न सिफारिस गरिएका एक जना फरार छन् । चिनियाँ सुन तस्कर दाओजिन वाङसहित ६ जनालाई पछि खुलेको अवस्थामा प्रतिवादी बनाउन प्रहरीले राय दिएको छ । प्रहरीले ८ करोड ५७ लाख बिगो कायम गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका