जोडिनुहोस

देश

बझाङमा १५ प्रतिशत मतदान

  • Sagarmatha TV
  • शनिबार, बैशाख १५, २०८१
बझाङमा १५ प्रतिशत मतदान

बझाङ प्रदेशसभा–१ मा भइरहेको उपनिर्वाचन अन्तर्गत अहिलेसम्म १५ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय बझाङका अनुसार मध्याह्न १२ बजेसम्म १५ प्रतिशत मत खसेको हो ।

जिल्ला निर्वाचन कार्यालय बझाङका सूचना अधिकारी गोरक केसीका अनुसार भौगोलिक विकटताका कारण मतदानमा केही ढिलाइ भएको छ ।

उनले भने ‘शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । भौगोलिक विकटता भए पनि मतदाता उत्साहित छन् ।’

बझाङ प्रदेश सभा १ मा ६१ हजार ७ सय ८४ मतदाता छन् । जसमा ३१ हजार ५ सय ४९ पुरुष र ३१ हजार १ सय ९९ महिला मतदाता छन् । बझाङ ९१० मा ७४ मतदान स्थल र ९३ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका