जोडिनुहोस
  • होमपेज
  • नेपाल र लाओसबीचको खेल शुरु

खेलकुद

नेपाल र लाओसबीचको खेल शुरु

  • Sagarmatha TV
  • बिहिबार, अशोज २५, २०८०
नेपाल र लाओसबीचको खेल शुरु

फिफा विश्वकप सन् २०२६ को पहिलो चरणको छनोटअन्तर्गत नेपाल र लाओसबीचको खेल शुरु भएको छ । खेल केहीबेरअघि त्रिपुरेश्वरको दशरथ रङ्गशालामा शुरु भएको हो ।

डबल लेगको ढाँचामा खेलाइने पहिलो चरणको पहिलो खेल दशरथ रङ्गशालामा भइरहेको हो । फिफा वरीयतामा एसियामा २७ देखि ४६ सम्म परेका २० वटा टोलीले पहिलो चरणको छनोट दुई लेगमा होम एन्ड अवे गरेर खेलाइनेछ । नेपालको पहिलो चरणको दोस्रो खेल अक्टोबर १७ मा लाओसमा हुनेछ । फिफा वरीयतामा लाओस १८६ औँ र नेपाल १७५ औँ स्थानमा छ ।

यस्तो छ नेपालको शुरुवाती ११–

किरण चेम्जोङ कप्तान, सनिश श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, आशिष चौधरी, लाकेन लिम्बु, आवास लामिछाने, मनिष डाँगी, आयुष घलान, अञ्जन विष्ट, जिलेस्पीजङ्ग कार्की

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका