जोडिनुहोस
  • होमपेज
  • पहिलोपटक विद्युत् पुगेपछि स्थानीयमा उत्साह

पहिलोपटक विद्युत् पुगेपछि स्थानीयमा उत्साह

काठमाडौं । भोजपुरको दुर्गम साल्पासिलिछो गाउँपालिका–२ कुलुङको ठोटनेरीमा पहिलोपटक विद्युत् सेवा पुगेको छ । सधैँ अन्धकार रहँदै आएको साल्पासिलिछोको दुर्गम गाउँमा पहिलोपटक बिजुली बलेपछि स्थानीयमा उत्साह देखिएको छ ।

जिल्लास्थित विद्युत् प्राधिकरण वितरण केन्द्रले आवश्यक सामग्री सहयोग गरेपछि स्थानीयको श्रमदानमा गाउँमा विद्युत् सेवा पुगेको हो । चाडपर्व नजिकिएसँगै यस क्षेत्रका ५० बढी घरपरिवारले विद्युत्को सेवा उपयोग गर्न पाएका हुन् ।

घरमा विद्युत् सेवा पुगेकामा खुसी हुँदै स्थानीय मानबहादुर विश्वकर्माले भने, “गाउँमा विद्युत् सेवा आउनासाथ बिजुली अफिस ९प्राधिकरण० बाट मिटर ल्याएर जडान गरेका हौँ । अन्धकारमा बस्नुपर्ने बाध्यता अब हटेको छ ।” साल्पासिलिछो क्षेत्रको सबै वडा तथा घरधुरीमा भने विद्युत् सेवा पुग्न नसकेको वितरण केन्द्रले जनाएको छ ।

केन्द्रका प्रमुख रामबाबु चौधरीले कार्यालयले दुर्गम क्षेत्रहरूमा समेत बजेटअनुसार विद्युतीकरणको कार्य गर्दै आइरहेको बताए । जिल्लालाई पूर्ण विद्युतीकरण गर्ने उद्देश्यले वार्षिक बजेट अनुसारका काम कार्यालयबाट तथा बोलपत्रका माध्यमबाट हुँदै आएको उनले जानकारी दिए। प्रमुख चौधरीले भने, “साल्पासिलिछोका सबै गाउँमा विद्युत् विस्तार गर्ने योजना अनुसार अहिले वडा नं २ मा विस्तार गरेका छौँ । विस्तारै सबैतिर विद्युतीकरण गर्दै जाने छौँ ।”

वडामा पहिलोपटक बिजुली बलेपछि स्थानीय ७२ वर्षीय बलबहादुर लुइँटेलले भने, “यस क्षेत्रमा बिजुली कहिले आउँछ जस्तो लाग्थ्यो, आयो । बिजुली बल्यो विकास भनेको त यो नै हो नि ।” गाउँमा विद्युत् सेवा पु¥याउन सफल भएको भन्दै स्थानीयको उज्यालोमा बस्ने सपना पूरा भएको वडाध्यक्ष मानबहादुर खत्रीले बताए । पालिकाले आफ्नो पहिलो प्राथमिकतामा विद्युत् सेवालाई राखेकाले अब सबैतिर विद्युत् विस्तार हुने उनको भनाइ थियो ।

साल्पासिलिछो पालिकाभित्र छ वडा छन् । अहिलेसम्म यहाँका केही वडामा मात्र विद्युत् सेवा पुगेको जनाउँदै अन्य वडामा विस्तार हुने क्रममा रहेको वितरण केन्द्रले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका