जोडिनुहोस
  • होमपेज
  • २३ दशमदव ५५ अंकले घट्यो नेप्से, २११ कम्पनीको सेयर मूल्यमा गिरावट

२३ दशमदव ५५ अंकले घट्यो नेप्से, २११ कम्पनीको सेयर मूल्यमा गिरावट

सेयर बजारमा दोहोरो अंकले गिरावट भएको छ । सोमबार बजार परिसूचक नेप्से २३ दशमदव ५५ अंकले गिरावट हुँदा १८५१ दशमदव ०४ को विन्दुमा बन्द भएको छ । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जाको १२ करोडको सीमा बढाएपनि त्यसयता सेयर बजार भने लगातार घटिरहेको छ ।

सोमबार नेप्सेमा सबै उपसूचकमा गिरावट भएको छ । जीवन बीमा उपसूचक २ दशमदव ०९ प्रतिशतले गिरावट हुँदा होटल तथा पर्यटन उपसूचक २ दशमदव ०४ प्रतिशत र हाइड्रोपावर उपसूचकमा २ दशमदव ०२ प्रतिशतले गिरावट भएको छ ।

बैंकिङ प्रणालीमा तरलता लगातनर बढेपनि ब्याजर घट्नमा लगानीकर्ता विश्वस्त नहुँदा बजारमा लगातार गिरावट देखिएको हो । दशैं नजिकिंदै गर्दा नेप्सेसँगै कारोबारमा पनि गिरावट भएको छ । गत बिहीबार १ अर्ब ७० करोडको कारोबार भएको बजारमा सोमबार कारोबार रकम घटेर १ अर्ब २५ करोड ३३ लाखमा सीमित भएको छ । सोमबार नेप्सेमा कुल ६९ हजार ८३२ वटा कारोबारमा ४८ लाख ३७ हजार ८९३ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो ।

सोमबार कारोबार भएकामध्ये प्रभु बैंकको संस्थापक सेयर सर्वाधिक ६ करोड २५ लाख रुपैयाँको कारोबार हुँदा हाथवे इन्भेष्टमेन्ट कम्पनीको छ करोड २७ लाख र सिटिजन्स लाइफ इन्स्योरेन्सको ३ करोड ६७ लाखको कारोबार भएको छ ।

सोमबार नेप्सेमा कुल २३६ सूचीकृत कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये २११ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा २२ कम्पनीको सेयर मूल्य बढेको छ । ३ कम्पनीको सेयरमूल्य भने स्थिर छ ।

सोमबार सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयर मूल्य सर्वाधिक ७ दशमदव ८७ प्रतिशतले वृद्धि हुँदा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को इकाइमूल्य ७।३१ प्रतिशत र सुपरमाई हाइड्रोपावरको सेयर मूल्य ४ दशमदव ०४ प्रतिशतले वृद्धि भएको छ । कालिञ्चोक दर्शनको सेयरमूलय ३ दशमदव ९७ प्रतिशतले बढेको छ ।

सयपत्री हाइड्रोपावर र हाथवे इन्भेष्टमेन्ट कम्पनीको सेयर मूल्य १० प्रतिशतले गिरावट भएर नकारँतमक सर्किट मूल्यमा बन्द हुँदा नबिल ब्यालेन्सफण्ड २ को इकाइमूल्य ९ दशमदव ३१ प्रतिशतले गिरावट भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका