जोडिनुहोस
  • होमपेज
  • आयोग बनाएर सुन तस्करीको छानबिन गर्न राप्रपाको माग

आयोग बनाएर सुन तस्करीको छानबिन गर्न राप्रपाको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नेपाल सुन तस्करको ट्रान्जिट बनिरहेको दाबी गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘डेढ क्वीटल सुन विमास्थलबाट बाहिरिनु सामान्य विषय होइन । समाजलाई ठीक दिशामा ल्याउनको लागि यसको जरासम्म पुग्नुपर्छ । भुटानी शरणार्थी र ललिता निवास प्रकरणमा पनि सरकार जरासम्म पुग्न उद्धत छैन ।’

सुन तस्करीको सूचना दिने स्रोतले कोको संलग्न छ भन्ने खुलाउन सक्ने बताए । उनले कसैलाई देखाउनकै लागि यो सुन पक्राउ गरेको आरोप लगाए ।

उनले भने, ‘नेपाल सुन तस्करको ट्रान्जिट बनिरहेको छ । सम्बन्धित अरु देशको दबाबले यो पक्राउ परेको कुरा आएको छ । भरियालाई पक्रेर नाइकेलाई जोगाउने काम नगरोस् । अनुसन्धानलाई सशक्त ढंगले अगाडि बढाओस् । यसबारे छानबिन आयोग बनाउनुपर्छ ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका