जोडिनुहोस
  • होमपेज
  • कोशीका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत प्राप्त, राप्रपाबाहेक सबै दलको समर्थन

कोशीका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत प्राप्त, राप्रपाबाहेक सबै दलको समर्थन

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाउनुभएको छ । ९३ सदस्यीय प्रदेशसभाबाट कार्कीको पक्षमा ८६ जना प्रदेशसभा सदस्यले मदतान गरेका छन् । विपक्षमा राप्रपाका ५ जनाले मत दिएका छन् ।

कार्कीलाई नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले मत दिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले भने विपक्षमा मत दिएको छ ।

गएको शनिवार प्रदेश सरकार गठनको अन्तिम विकल्प संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीले तत्काल विश्वासको मत लिनुभएको हो । यस पटक पनि कोशीमा सरकार बन्न नसकेको भएमा प्रदेशसभा नै विघटन हुने थियो ।

नेपाली कांग्रेसले माओवादीका इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरे पनि कांग्रेसकै शेखर कोइराला पक्षका केदार कार्कीले ९ जना सांसदसहित विद्रोह गरेर एमालेको समेत समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको थियो । एमाले र शेखर कोइराला पक्षका सांसदको बहुमत पुग्ने भएपछि सत्ता गठबन्धनमा रहेका दलले पनि कार्कीलाई नै मत दिने निर्णय गरेका थिए । कार्कीले एमालेका एक जना र कांग्रेसका एक जनालाई मन्त्री नियुक्त गरिसक्नुभएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका