जोडिनुहोस
  • होमपेज
  • कांग्रेस परित्याग गरेका कृष्ण कार्की राप्रपा नेपालको महामन्त्री

कांग्रेस परित्याग गरेका कृष्ण कार्की राप्रपा नेपालको महामन्त्री

नेपाली कांग्रेस परित्याग गरेका कृष्ण कार्की राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल प्रवेश गरेका छन् । कार्कीलाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत गरेका छन् ।

पोखरामा व्यवसायी र समाजसेवीको पहिचान बनाएका कार्की नेपाली कांग्रेसको महासमिति सदस्य दिए । कांग्रेसको बार्हौ महाधिवेशनमा कार्की केन्द्रीय कोषाध्यक्ष पदमा निर्वाचनसमेत लडेका थिए ।

महामन्त्री पदमा मनोनयन गरेपछी अध्यक्ष थापाले उनलाई पार्टीको महामन्त्रीको जिम्मेवारी दिन पाउँदा खुसी लागेको र कार्कीको प्रवेशले राप्रपा नेपाललाई देशको अग्रणी शक्ति बनाउने अभियानमा योगदान पुग्ने बिश्वास समेत लिएको सामाजिक संजाल मार्फत प्रतिक्रिया दिएका छन् ।

दशैंलगत्तै पोखरामा वृहत पार्टी प्रवेश कार्यक्रम आयोजना गर्ने तयारी रहेको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका