जोडिनुहोस
शुक्रबार, फाल्गुन १८, २०८०
शुक्रबार, फाल्गुन १८, २०८०
  • होमपेज
  • फेला पर्‍यो अफगानिस्तानमा दुर्घटनाग्रस्त एयर एम्बुलेन्सः चारको जीवितै उद्धार, दुई जना बेपत्ता

फेला पर्‍यो अफगानिस्तानमा दुर्घटनाग्रस्त एयर एम्बुलेन्सः चारको जीवितै उद्धार, दुई जना बेपत्ता

काठमाडौं । थाइल्याण्डबाट रसियाको मस्को जाँदै गरेको एयर एम्बुलेन्स अफगानिस्तानमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । एयर एम्बुलेन्समा रहेका ६ जनामध्ये चार जनाको जीवितै उद्धार भएको छ भने दुई जना बेपत्ता भएका छन् । बेपत्ता भएकाहरुको बारेमा जानकारी सङ्कलन भइरहेको अन्तर्राष्ट्रिय समाचार संस्था पीटीआईलाई उदृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।

अधिकारीका अनुसार यो विमान इन्धनका लागि भारतको गया एयरपोर्टमा रोकिएकाले शुरुमा यो भारतीय विमान भएको खबर आए पनि भारतको नागरिक उड्डयन विभागले त्यसको खण्डन गरेको थियो । गया विमानस्थलबाट इन्धन भरेपछि अस्ति शनिवार विमान उडेको थियो । यसअघि रुसी नागरिक उड्डयन अधिकारीहरूले विमान चालक दलका चार सदस्य र दुई यात्रुसहित एयर एम्बुलेन्स बेपत्ता भएको बताएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका