जोडिनुहोस
  • होमपेज
  • संयुक्त राष्ट्रसंघमा इजरायल–हमास युद्ध रोक्ने प्रस्ताव पारित

संयुक्त राष्ट्रसंघमा इजरायल–हमास युद्ध रोक्ने प्रस्ताव पारित

काठमाडौँ– संयुक्त राष्ट्रसंघको महासभामा इजरायल र प्यालेस्टाइनी लडाकु समूह हमासबीचको युद्ध रोक्ने प्रस्ताव पारित भएको छ ।

नेपालसहित १२० राष्ट्र प्रस्तावको पक्षमा उभिए भने इजरायल, अमेरिका, अष्ट्रिया, हंगेरीलगायत १४ देशले विपक्षमा मतदान गरे । यस्तै, भारतसहित ४५ देश मतदानमा सहभागी नभइ तटस्थ बसेका छन् ।

इजरायल–हमास युद्ध रोक्ने प्रस्ताव पारित भएसँगै शत्रुताको अन्त्य गर्न तत्काल दिगो मानवीय युद्धविरामको आह्वान समेत गरिएको छ ।

राष्ट्रसंघीय महासभाको विशेष सत्रमा जोर्डनले युद्धविरामसम्बन्धी प्रस्ताव ल्याएको थियो ।

न्युयोर्कमा भएको संयुक्त राष्ट्रसंघको बैठकमा इजरायलका राजदूत गिलाड एर्डनले हमासलाई यस्तो अत्याचार गर्न दिएर आफू चुप लागेर नबस्ने बताएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका