जोडिनुहोस
  • होमपेज
  • बालोन डो अर अवार्डको मनोनयन सार्बजनिक, को को परे ?

बालोन डो अर अवार्डको मनोनयन सार्बजनिक, को को परे ?

काठमाडौँ । यस बर्षको प्रतिष्ठित बालोन डो अर अवार्डको मनोनयन सार्बजनिक गरिएको छ । फ्रेन्च फुटबल एसोसियसनले हरेक बर्ष प्रदान गर्ने बालोन डो अर अवार्ड विश्व फुटबलमा प्रतिष्ठित अवार्ड मानिन्छ ।

यस बर्षको बालोन डो अर अवार्डका लागि ३० जनाको मनोनयन सार्बजनिक गरिएको छ ।

२०२३ को बालोन डो अरमा मनोनित खेलाडीस् जोसको ग्भार्डिओल, जमाल मुसियाला, आन्द्रे ओनाना, करिम बेन्जमा, मोहम्मद सलाह, बुकायो साका, केभिन डी ब्रुने, जुडे बेलिङघम, राण्डल कोलो मुआनी, बेर्नार्डो सिल्भा, रोड्री, एन्टोनी ग्रीजम्यान, लियोनेल मेसी, लाउतारो मार्टिनेज, रोबेर्ट लेवानडोस्की, किम मिन जाए, लुका मोड्रीच, किलीयन एम्बाप्पे, भिक्टर ओसिमहेन, ह्यारी केन, मार्टिन ओडेगार्ड, इक्के गुनडेगान, यसस बोउनोउ, जुलियन अल्भारेज, भिनिसियस जुनियर, एमिलियानो मार्टिनेज, रुबेन डियाज, खभिचा कभारातस्खेलिया, निकोलो बारेल्ला र इर्लिंग हालाण्ड रहेका छन् ।

बालोन डो अर अवार्ड छनौटका लागि फिफा वरियतामा शिर्ष १०० स्थानमा रहेका एसोसियसनका विश्वका १०० खेल पत्रकारले गरेको मतदानको आधारमा चयन गरिने नियम बनाइएको छ ।

जसमा हरेक खेल पत्रकारले मनोनयनमा रहेका ३० खेलाडी मध्येबाट प्राथमिकताका आधारमा पाँच खेलाडीको चयन गर्ने छन् । पाँच खेलाडीमध्ये शिर्ष स्थानमा रहेको खेलाडीले ६ अंक, दोस्रो स्थानमा रहेकाले ४ अंक, तेस्रो स्थानमा रहेकाले ३ अंक, चौथो स्थानमा रहेकोले २ अंक र पाँचौं स्थानमा रहेको खेलाडीले एक अंक पाउने नियम बनाइएको छ ।

यसरी गरिने मतदानमा जुन खेलाडीले धेरै अंक ल्याउछ सोहि खेलाडीले बालोन डो अर जित्ने गर्दछ ।

बालोन डो अर अक्टोबर ३० मा आयोजना गरिने विशेष कार्यक्रममा घोषणा गरिने फ्रेन्च फुटबल एसोसियसनले जनाएको छ ।

बेलुन डो अर अवार्डको इतिहासमा सबैभन्दा बढी जित्ने खेलाडी लियोनेल मेसी हुन् । मेसीले अहिलेसम्म ७ पटक यो अवार्ड जितेका छन् । त्यसपछि क्रिस्टियानो रोनाल्डोले यो अवार्ड ५ पटक जितेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका