जोडिनुहोस
  • होमपेज
  • लुम्बिनीबाट राष्ट्रसंघका महासचिवले भने – संसारभर भइरहेका द्वन्द्व अन्त्यका लागि आव्हान गर्छु

लुम्बिनीबाट राष्ट्रसंघका महासचिवले भने – संसारभर भइरहेका द्वन्द्व अन्त्यका लागि आव्हान गर्छु

बुटवल । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले युद्धरत मुलुकहरूलाई शान्तिको बाटो अवलम्बन गर्न आग्रह गरेका छन्। मंगलबार बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमणपछि आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो आग्रह गरेका हुन् ।

महासचिव गुटेरेसले संसारभरि नै शान्ति स्थापनाका लागि लुम्बिनीको पवित्र उद्यान अत्यन्त महत्वपूर्ण भएको बताए। ‘संसारभर भइरहेका द्वन्द्व अन्त्यका लागि लुम्बिनीबाट आव्हान गर्छु ।’ उनले भने ।

भगवान गौतमबुद्ध जन्मिएको ठाउँ लुम्बिनीमा उभिएर विश्वलाई नै शान्तिको सन्देश दिन पाएकोमा आफूलाई अत्यन्त खुसी लागेको उनले बताए।

त्यस्तै गुटेरेसले शान्ति दीपबाट मायादेवी मन्दिरमा पुगेर दर्शन गरे भने शान्ति दीपबाट मायादेवी मन्दिरसम्म पैदल गएका थिए । उनले परिसरमा वृक्षरोपणसमेत गरेका छन् । महासचिव गुटेरेस लुम्बिनी विकास कोषले विशेष स्वागत समारोहमा आयोजना गर्‍यो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका