जोडिनुहोस
  • होमपेज
  • यूएईसँगको सेमिफाइनलमा ३५ सय टिकट मात्रै बेचिने, घरमै बसेर खेल हेर्न आग्रह

यूएईसँगको सेमिफाइनलमा ३५ सय टिकट मात्रै बेचिने, घरमै बसेर खेल हेर्न आग्रह

आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा नेपाल र यूएईबीच हुने खेलका लागि ३५ सय वटा मात्रै टिकट बिक्री गरिने नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ ।

काठमाण्डौको मूलपानी क्रिकेट मैदानमा भोलि शुक्रवार हुने खेलका लागि आईएमई पे बाट टिकट लिन सकिने क्यानले जनाएको छ । ३५ सयभन्दा धेरै दर्शक नअट्ने भएकाले घरमै बसेर खेल हेर्न क्यानले आग्रह गरेको छ । यस्तै क्रिकेटसँग सम्बन्धित अतिथिलाई समेत पास वितरण नगरिएकाले घरमै बसेर खेल हेर्न भनिएको छ ।

नेपाल र यूएईबीचको खेल भोलि बिहान ११ बजे शुरु हुनेछ । यो खेल जितेमा नेपालले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा स्थान बनाउनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका