जोडिनुहोस
  • होमपेज
  • मोरङमा सीमा स्तम्भको मर्मतसम्भार थालियो

मोरङमा सीमा स्तम्भको मर्मतसम्भार थालियो

मोरङमा सशस्त्र प्रहरी बलले सीमा स्तम्भहरुको मर्मतसम्भार, रङ्गरोगन र पुनर्स्थापना गर्ने कार्य सुरु गरेको छ । शुक्रबार विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले वडा नं १८ दामादिगीस्थित १७७ नम्बरको पिलर मर्मतसम्भार गरेर यसको उद्घाटन गरेका हुन् ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले सीमा क्षेत्रको सुरक्षा गर्न स्थानीयहरुको पनि महत्वपूर्ण भूमिका हुने बताए । उनले सीमा क्षेत्रमा हुने गरेको लागूऔषधको ओसारपोसार र मानव बेचबिखन ठूलो समस्या बन्दै गएकोले यसलाई सुरक्षा निकायको समन्वय र स्थानीयको साथबाट समाधान गर्नुपर्ने धारणा राखे ।

त्यस्तै, कार्यक्रममा सशस्त्र प्रहरी बल बराह बाहिनीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनीकुमार पोखरेलले स्थानीयको सहयोग बेगर सीमा सुरक्षा सम्भव नभएको बताए । उनले देशको आन्तरिक सुरक्षालाई मजबुत बनाउन राज्यले सीमा सुरक्षा बलियो बनाउनुपर्ने जिकिर गरे ।

सशस्त्र प्रहरी बल ३ नं कंकालिनी गणले मोरङका ३७ वटा बिजोर नम्बरका पिलरहरु मर्मत सम्भार र रङ्गरोगन गर्ने जिम्मा पाएको हो । मोरङको भारतसँग रहेको ६३ किलोमिटर सिमा क्षेत्रमा १ सय २३ वटा साना ठूला पिलरहरु रहेकोमा ६५ वटा जोर नम्बरका पिलरहरु भारतीय सशस्त्र सुरक्षा बल एसएसबीले मर्मतसम्भार र रङ्गरोगन गरिसकेका छन् । मोरङको सीमाक्षेत्रका २३ वटा पिलरहरु भने हराएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका