जोडिनुहोस
  • होमपेज
  • रिगल मुद्दामा सर्वोच्चले भन्यो विचाराधीन मुद्दामा भ्रम पैदा हुने गरी समाचार नलेख्नू

रिगल मुद्दामा सर्वोच्चले भन्यो विचाराधीन मुद्दामा भ्रम पैदा हुने गरी समाचार नलेख्नू

सर्वोच्च अदालतले न्यायिक प्रक्रियामा रहेका विषयमा भ्रम पैदा हुने गरी समाचार सम्प्रेषण नगर्न आदेश दिएको छ ।

रिगल ढकालको कैद मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध परेको मुद्दा सुनुवाइका क्रममा सर्वोच्च अदालतले न्यायिक प्रक्रियामा रहेका विषयमा अनावश्यक र भ्रमपूर्ण सूचना, जानकारी प्रचार प्रसार गरिएका विषयर्ला कानुनी दायरामा समेत ल्याउन सकिने उल्लेख गरेको छ ।

कायम मुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, न्यायाधीशहरु सपना प्रधान मल्ल र डा कुमार चुडालको पूर्ण इजलासले रिगल ढकालको मुद्दामा पनि सर्वसाधारणमा शंका र भ्रम पैदा हुने गरी विभिन्न सञ्चार माध्यममा समाचार सम्प्रेषण हुने गरेको पाइएको उल्लेख गरेको छ ।

अदालतले विचाराधीन मुद्दाको विषयमा अल्प सूचनाका आधारमा समाचार प्रकाशन÷प्रशारण नगर्न नगराउन र न्यायिक प्रक्रियामा सहयोग गर्न सञ्चार माध्यमहरुलाई आग्रह गरेको छ ।

‘विचाराधीन मुद्दाको विषयवस्तुलाई लिएर अल्प सूचनाको आधारमा समाचार प्रकाशन÷प्रशारण नगर्न नगराउन र अदालतको न्यायिक प्रक्रियामा सहयोग गर्न सबै सञ्चार माध्यमलाई अनुरोध गर्नु भनी सर्वोच्च अदालत प्रशासनका नाममा निर्देशनात्मक आदेश समेत जारी हुने ठहर्छ’, संक्षिप्त आदेशमा भनिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका