जोडिनुहोस
  • होमपेज
  • जाजरकोट भूकम्पलाई मध्यनजर गर्दै बाँकेका अस्पताल तयारी अवस्थामा

जाजरकोट भूकम्पलाई मध्यनजर गर्दै बाँकेका अस्पताल तयारी अवस्थामा

बाँके । जाजरकोटमा गएको भूकम्पमा परी घाइते भएकोको उपचारमा कुनै कमी कमजोरी नहोस् भनेर बाँकेमा रहेका अस्पताललाई तयारी अवस्थामा राखिएको छ । प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले गम्भीर घाइतेको उपचारका लागि बाँके प्रशासनले बिहान ३ः२१ बजे बाटै तयारी थालेको जानकारी दिए ।

भेरी अस्पताल नेपालगन्जलाई उपचारको लागि डेडिकेटेड अस्पताल बनाइएको उनले जानकारी दिए । व्यक्तिगत पहलमा उपचारका लागि आउने घाइतेहरूको आफन्तजनको सहजताको लागि पनि नरेश श्रेष्ठलाई फोकल पर्सन तोकिएको छ ।

प्रजिअ पोखरेलले भने कोहलपुर मेडिकल कलेजलाई तयारी अवस्थामा राखिएको छ । भेरी अस्पताल , सैनिक अस्पताल र प्रहरी अस्पतालको १०५ वटा बेड तयारी अवस्थामा राखिएको छ। कोहलपुर मेडिकल कलेजलाई पनि तयारी अवस्थामा राखिएको छ। पर्याप्त मात्रामा डक्टर , नर्सिङ स्टाफ , र लजिस्टिक किको प्रबन्ध मिलाइएको छ ।

हेलिकप्टरबाट आउने बिरामीको लागि रांझा विमानस्थल र आर्मीको हेलिप्याडमा २–२ वटा एम्बुलेन्स तैनाथ गरिएको उनले जानकारी दिए । ब्लडको मौज्दात रहेको र अपुग भएमा प्रेस ब्लड आपूर्तिको लागि रक्त दाता सुरक्षाकर्मीको व्यवस्था मिलाइएको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका