जोडिनुहोस
  • होमपेज
  • सरकारले बनायो इमरजेन्सी टेलिकम्युनिकेशन क्लष्टर सक्रिय

सरकारले बनायो इमरजेन्सी टेलिकम्युनिकेशन क्लष्टर सक्रिय

काठमाडौँ— सरकारले भूकम्प प्रभावित क्षेत्रको सूचना तथा सञ्चार प्रणालीलाई व्यवस्थित बनाउन सञ्चार मन्त्रालयमा रहेको इमरजेन्सी टेलिकम्युनिकेशन क्लष्टर (इटीसी)लाई सक्रिय बनाएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको आह्वानमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बसेको बैठकले क्लष्टर सक्रिय बनाउने निर्णय गरेको हो ।

बैठकले भूकम्प प्रभावित क्षेत्रहरूमा टेलिफोन तथा इन्टरनेट सेवा सुचारु गर्न सेवा प्रदायकलाई अनुरोध गर्ने र नेपाल दूरसञ्चार प्राधिकरणले सोको समन्वय, अनुगमन र आवश्यकताअनुसार स्रोत परिचालनको व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

त्यस्तै सेवा प्रदायकहरूले सेवालाई प्रभावकारी बनाउन सम्पर्क विन्दुर सम्पर्क व्यक्ति तोक्ने र निरन्तर सम्पर्कमा रहने रहने पनि बैठकले गरेको छ ।

बैठकले भूकम्प प्रभावित क्षेत्रहरूबाट सत्य तथ्य, विश्वसनीय र आधिकारिक समाचार सम्प्रेषण गर्न सबै सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई समेत अनुरोध गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रीका सञ्चार विज्ञ नरेन्द्र केसीले जानकारी दिनुभयो । बैठकले केन्द्रीय र जिल्ला आपत्कालीन केन्द्रसँग निरन्तर सम्पर्कमा रहने निर्णय पनि गरेको छ ।

बैठकमा नेपाल टेलिकमका पदाधिकारीहरूले भूकम्प प्रभावित क्षेत्रहरूमा सरकारले भूकम्प प्रभावित क्षेत्रमा निःशुल्क टेलिफोन, एसएमएस र इन्टरनेट सेवा प्रदान गर्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरण मार्फत वितरण हुने सम्पूर्ण सेवा पाँचदिन सम्म जाजरकोट ,पुर्वी रुकुम र पश्चिम रुकुममा निःशुल्क प्रदान गरिने भएको हो ।

बैठकमा मन्त्री शर्मा, मन्त्रालयका सचिव कृष्णबहादुर राउत, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, नेपाल पत्रकार पत्रकार महासङ्घलगायत दूरसञ्चार तथा आम सञ्चार क्षेत्रका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका