जोडिनुहोस
  • होमपेज
  • हामिल्टनसँग प्रेममा परिन् शाकिरा

हामिल्टनसँग प्रेममा परिन् शाकिरा

काठमाडौँ । चर्चित गायिका शकिराको फर्मुला वान सुपरस्टार लुइस हामिल्टनसँग अफ्येर्सको विषय अहिले चर्चामा रहेको छ ।

४६ बर्षिय कोलम्बियन गायिकाको गत बर्ष चर्चित फुटबलर जेरार्ड पिकेसँग ब्रेकअप भएको थियो ।

त्यसपछि गत अप्रिलमा स्पेन छोडेर अमेरिकाको मियामीमा बस्ने गरि सरेकी थिइन् । मियामी सरेपछि शाकिरा ३८ बर्षिय ब्रिटिश एफवान सुपरस्टार हामिल्टनसँग प्रेममा परेको चर्चा अहिले विश्वभर भइरहेको छ । हालै शकिरा र हामिल्टनलाई मियामीमा सँगै किस गरिरहेको अवस्थामा देखिएको मिडिया रिपोर्टहरुमा दाबि गरिएपछि उनीहरुको अफ्येर्सको चर्चा बढेको हो ।

पछिल्ला दिनहरुमा हामिल्टनले भाग लिइरहेका फर्मुला वानका प्रतियोगिताहरुमा उपस्थित हुने गरेको बताइएको थियो । हालै स्पेनमा सम्पन्न ग्राण्ड पिक्समा उनीहरुलाई सँगै अँगालो हालेको र किस गरिरहेको भेटिएको प्रत्यक्षदर्शीले बताएको मिडिया रिपोर्टमा दाबि गरिएको छ ।

फर्मुला वान सुपरस्टार हामिल्टनको विगतमा नोकोल शेर्जिंगर, डेनिएले लियोड, रिहाना, रिता ओरा, विन्नी हार्लो, सोफिया रिचे र निक्की मिनाजलगायतसंग अफ्येर्स रहेको बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका